बुटवल । पाल्पामा हावाहुरीले रूख ढलेर च्यापिदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका–५ कैलाशनगरका अन्दाजी २० वर्षीय भुवन सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
शनिबार अपराह्न लु ८१ प ११३६ नम्बरको स्कुटरमा तानसेनबाट बुटवलतर्फ आउँदै गरेका सिंजालीे तानसेन नगरपालिका–८ जरेपीपलस्थित सिद्धार्थ राजमार्ग छेउमा स्कुटर रोकेर ओत लागेको बेला एक्कासी सल्लाको रूख ढलेर च्यापेको थियो । गम्भीर घाइते भएका सिंजालीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
हावाहुरीकै कारण सोही स्थानमै रोकिराखेको ग १० प ५७२१ नम्बरको स्कुटर र अर्को एक मोटरसाइकल पनि च्यापिएको छ । स्कुटर र मोटरसाइकलमा सवार अर्का तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।