भैरहवा । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मझगावास्थित मालपोत कार्यालयका मालपोत अधिकृत ४२ वर्षिय तिलक बहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भैरहवाबाट लुम्बिनीतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक रावतको मृत्यु भएको हो ।
ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।