काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र क्यानाडाबीच क्रिकेट म्याच भइरहँदा दर्शकले सन्दीप लामिछानेको नाममा नारा लगाएका छन्।
म्याच भइरहँदा सन्दिपका सर्थकहरुले सन्दीप चाहियो भन्दै नारा लगाएका हुन्। सन्दीपको नाममा नारा लगाउने ७ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ।
प्रहरीले समर्थकको नाराबाजी रोक्ने कोसिस गर्दा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने अहिले खेलबाट बाहिर छन्।