बुटवल । पाल्पामा तीन जना मृत फेला परेका छन् । जिल्लाको रिब्दीकोट गाउँपालिका–८ काहुलेका ५३ वर्षीय अमर बहादुर गाहा र उनकी पत्नी ४२ वर्षीया श्यामकला गाहा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार पति एउटा कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए । भने पत्नी अर्को कोठामा ओछ्यानमा सुतेको अवस्थामा मृत फेला परेकी थिइन् । मृत फेला परेको खबर प्राप्त गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै रिब्दीकोट वडा नम्बर २ दम्बकका ६५ वर्षीय भक्तबहादुर सार्की पनि मृत फेला परेका छन । उनी आफ्नै गोठको दोस्रो तलामा सोमवार मृत अवस्थामा फेला परेको डिएसपी श्रेष्ठले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।