तिलोत्तमा, माघ ७ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भोली अर्थात् सोमबारदेखि पाँचौं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु हुने भएको छ । प्रतियोगिता तीन दिनसम्म चल्ने छ । तिलोत्तमा–४, डिङ्गरनगर स्थित जनज्योती क्लवको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३८ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिने नगरपालिका युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको हो । प्रतियोगितामा छात्रा तथा छात्राहरुबीच भलिबल, कबड्डी, एल्लेटिक्स, कराँते, तेकवान्दोतर्फ विभिन्न इभेन्टहरु हुने छन् ।