बुटवल-रुपन्देहीको सैनामैना नगरपालिकामा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नगरको वडा नं १० फुलबारीमा बुधवार १ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित पुरुष समुदाय स्तरमा घुलमिल भएकाले फूलबारी क्षेत्र शिल गरिएको सैनामैना नगरपालिकाले जनाएको छ।
संक्रमित पुरुषको सम्पर्कमा रहेका व्यक्ति र कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब संकलन गर्ने तयारी भइरहेको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख हेमराज पन्थीले बताए।
सो गाउँको पुर्वमा भुल्केवारी सामुदायिक वनको सिमाना, पश्चिममा कन्चन खोला, उत्तरमा रैनादेवी छहरा पाल्पा र दक्षिणमा मिलनचोक सम्मको सीमानामा आवतजावतमा रोक लगाइएको छ।
सो क्षेत्रमा कोही पनि व्यक्ति हिड्डुल गर्न पाउने छैनन्। संक्रमित हुनेमा ३८ वर्षीय पुरुष छन् । बुटवलको लुम्बिनी पार्देशिक अस्पतालमा गरिएको परिक्षणमा ति पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रमुख पन्थीले जानकारी दिए।
साउन ३१ गते २६ जनाको स्वाब संकलन गरिएको थियो । जसमा १ जनामा कोरोना पुष्टि भएको हो । २५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।