बुटवल-बुटवलमा बुधबार दिउसो थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरपालिकाका थप एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको छ।
उपमहानगरपालिकाका एकजना कर्मचारीका परिवारका १ जनामा संक्रमण देखिएको छ। यस्तै बुधबार वडा नं ४ का १ जना, १३ का ३ जना र १२ का १ जनामा संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए।
उनका अनुसार बुटवलमा संक्रमितको संख्या ९९ पुगेको छ। तर जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले भने बुटवलमा संक्रमितको संख्या १११ जना पुगेको बताएको छ।