भैरहवा-रुपन्देहीको भैरहवामा एकैपरिवारका ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा उनका परिवारका ८ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरु सिद्धार्थनगर ८ का हुन्। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
मंगलबार राती ९ बजेसम्म रुपन्देहीमा ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यसमध्ये सबैभन्दा बढी बुटवलमा छन्।