बुटवल-रुपन्देहीमा थप २ जना बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुटवलका राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकमा कार्यरत २ जना कर्मचारीमा संक्रमण देखिएको देवदह नगरपालिकाका जनस्वास्थ्य अधिकृत काशिनाथ बन्जाडेले जानकारी दिए।
उनीहरु दुवैजना रुपन्देहीकै देवदह नगरपालिकाका बासिन्दा हुन्। राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत ३२ वर्षीय पुरुष हुन् भने सिद्धार्थ बैंक योगीकुटीमा कार्यरत २८ वर्षीया महिला हुन्। उनीहरु श्रीमान् श्रीमती हुन्। उनीहरु देवदहबाटै बुटवल आउजाउ गर्थे।
देवदहमा यसअघि बैंकका कर्मचारीमा संक्रमण देखिएपनि नयाँ संक्रमित फेला परेका छैनन्। देवदह क्षेत्रमा भदौ ७ गतेसम्म 'लकडाउन' जारी गरिएको छ।