बुटवल-बुटवल उपमहानगरपालिकामा मंगलबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आज पुष्टि भएका संक्रमितहरु मध्ये बुटवल ११ का ३२ र २० वर्षीया २ जना महिला र बुटवल १२ का २६ बर्षका एक जना पुरुष रहेको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए।
योसँगै बुटवल उपमहानगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या ९५ पुगेको छ। बुटवल उपमहानगरपालिकामा ६६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
बुटवल उपमहानगरपालिकाको वडा न. ११ मा सबैभन्दा धेरै ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरका १९ वडामध्ये वडा न. ७, १५ र १८ मा मंगलबारसम्म कोरोनामुक्त छन्।
बुटवल उपमहानगरका अनुसार वडा न. ११मा ३३ जना, वडा न. १३ मा १७ जना, वडा न. १० मा ९ जना, वडा न. १२ मा २ जना, वडा न. ५ मा ३ जना, वडा न. ६ मा ८ जना, वडा न. ८ मा ६ जना,वडा न. ९ मा १ जना, वडा न. १ मा २ जना, वडा न. २ मा २ जना, वडा न. ४ मा २ जना,वडा न. १४ मा २ जना, वडा न. १७ मा २ जना, वडा न. ३, वडा न. १६ र वडा न. १९ मा १/१
जना संक्रमित रहेका छन्।