परासी-नेपाली कांग्रेस नवलपरासी पश्चिमका उपसभापित सुवासचन्द्र गिरीको निधन भएको छ। ३९ वर्षीय गिरीको काठमाडौं पाटन अस्पताल ललितपूरमा मंगलबार बिहान निधन भएको कांग्रेस नवलपरासीले जनाएको छ।
सुस्ता पश्चिमका गिरीको केही दिनअघि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीमा भएको पत्थरीको सर्जरी गरिएको थियो।
सर्जरीपश्चात् स्वासप्रस्वाससम्बन्धि समस्या देखिएर पीसीआर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। संक्रमणपश्चात् बुटवलको कोरोना अस्पतालमा एकदिन उपचार गराएर एम्बुलेन्समार्फत काठमाडौं लगिएको थियो।