बुटवल । बाँकेको राप्ती सोनारी गाउँपालिकास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बम विस्फोट भएको छ । राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ नजिकैको राजमार्गमा गएराति बम विस्फोट भएको हो ।
विष्फोटबाट सडकमा क्षति पुगेको छ । सडक भत्किएका कारण एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तत्कालीन द्वन्द्वमा जमिनमुनि रहेको बम पड्किएको हुनसक्ने प्रहरीको आशंका छ ।
नेपाली सेनासहित सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । टोलीले द्वन्द्वकालमा छाडिएको बम विस्फोट भएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ ।