बुटवल । पढ्दा पढ्दै काम र दाम हुने भएकाले होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय होटलहरुमा काम गर्ने अवसरका साथै राम्रो तलब हुने भएकाले पढ्ने विद्यार्थीको संख्या बढेको छ । होटल म्यानेजमेन्ट पढेर व्यवसाय गर्नेहरु सफल पनि भएका छन् ।
विद्यार्थीको यही चाहनालाई मध्यनजर गर्दै पाण्डे ब्रदर्श कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टर बुटवलले मलेसियामा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थी पठाउने गरी सरकारसँग सम्झौता गरेको छ । कक्षा १२ उत्तीर्णपछि मलेसियामा होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीका लागि तीन वर्षे कोर्ष अन्तर्गत पढ्दै कमाउँदै आफ्नो भविष्य उज्जवल बनाउन सकिने संस्थाका सञ्चालक बाबुराम पाण्डेले जानकारी दिनुभयो । यसका लागि यो वर्ष २०० जनाको कोटा रहेको र २३ जनाले नाम दर्ता गरिसकेको उहाँले बताउनुभयो । आफूले अत्यन्तै कम शुल्कमा गरिव तथा विपन्न वर्गका छोराछोरीलाई लक्षित गरेर यो सेवा सुरु गरेको पनि उहाँले बताउनुभयो ।
जाँदा प्लेन टिकट र १५ देखि ५० हजार सेवा शुल्क, त्यहाँ पुगेपछि ३ वर्षसम्मको कलेज फि ३० हजार मलेसिन रिग्रेट ओभरटाइम समेत काम गर्दा तिरिने र घरमा आउँदा १२ लाख सम्म बचत गरी ल्याउन सकिने र साथमा ब्याचलरको प्रमाणपत्र पनि हुने पाण्डेले बताउनुभयो । कलेजमा लाग्ने शुल्क ओेजेटी गरेवापत हुने आम्दानीले तिर्न पाइने, कोर्ष पूरा गरेर फर्किंदा अन्तर्राष्ट्रियस्तरमा रोजगारीका लागि मान्यता पाउने सर्टिफिकेट पनि हुने र १२–१५ लाख आम्दानी पनि कमाएर घर ल्याउन पाइने भएकाले यो कोर्ष निशुल्क जस्तै मान्न सकिने पाण्डेले स्पष्ट पार्नुभयो ।
आफ्नो क्षमता अनुसार लगानी गरेर राम्रो व्यवसाय गर्न सकिने उहाँले बताउनुभयो । ‘तीन वर्षे कोर्षमा आफ्नो खर्च कटाएर १२–१५ लाख घरमा लिएर आउन सक्छन्’ पाण्डेले भन्नुभयो । मासिक ६० हजार सजिलै कमाउन सकिने पनि उहाँले बताउनुभयो ।