दाङ-दाङमा कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलन थालेको छ। अहिलेसम्म भारत लगायतका विभिन्न देशबाट आएका र उनीहरुको सम्पर्कमा आएका जनप्रतिनिधी, स्वास्थ्यकर्मीहरुमा देखिएको भाइरसको संक्रमण अब समुदाय स्तरमै देखिन थालेको हाे।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराहीको एक बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
घोराही-१५ शहिद गेट नजिकै रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटडमा कार्यरत २२ बर्षिय एक जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको घोराही उपमहानगरको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिए।
घोराही मै घर भएका ती कर्मचारीलाई कसरी संक्रमण भयो भन्ने नखुले पनि सेवाग्राहीबाटै भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ। कर्मचारीलाई कोरोना पुष्टि भएपछि अहिले बैंकले सेवा रोकेको छ ।