काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल प्रकाशित गरेको छ। बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।
परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार बोर्डले प्रमाणीकरण गरेपछि परीक्षाफल प्रकाशित गरिएको हो।
चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको उनले बताए। शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए।
चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको छ। कोरोना भाइरसको महामारीका कारण मन्त्री परिषद्को बैठकले यस वर्षको एसईई परीक्षा विद्यालयले दिएको मूल्याङ्कनका आधारमा गर्ने निर्णय गरेको थियो । त्यसपछि बोर्डले कार्यविधि तयार गरी परीक्षा प्रणाली शुरु गरेको थियो ।
गत असार २० गते विद्यालय र ३० गतेभित्र इकाईले अंक पठाउनुपर्ने गरी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले निर्देशन जारी गरेको थियो ।
पनिकाले करीब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो ।