बुटवल-लुम्बिनी प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं शल्य चिकित्सक कृष्ण खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
डा. खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। डा. खनालले सोमबार फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको र आफू सुरक्षित आइसोलेसनमा रहेको जानकारी गराएका थिए। उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि पिसिआर परीक्षण गरी ढुक्क हुन आग्रह गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्-'मेरो कोभिड–१९ पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनमा रहेको छु, मेरो सम्पर्कमा आएकाहरूले परीक्षण गरी ढुक्क हुनुहोस्।'