भैरहवा–जिल्लामा कोभिड–१९ संक्रमण दिनानुदिन बढ्दै गइरहे पछि जिल्ला प्रशासन कार्यालयले रुपन्देहीले दैनिक सेवा प्रवाह बन्द गरेको छ ।
कार्यालयले सूचना जारी गर्दै भदौ ५ गते सम्मका लागि शान्ति सुरक्षा लगायत अत्यावश्यक बाहेकका सेवाहरु सो समयका लागि बन्द गरेको जनाएको छ।
जिल्लामा संक्रमण बढ्न गई समुदायस्तरमा सोको संक्रमण बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लास्थित विभिन्न स्थानीय तहहरुले लकडाउन समेत गरेको अवस्था छ।
सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवालाई समेत न्युनिकरण गर्न अत्यावश्यक देखिएको हुदा नागरिकता, राहदानी, संघसस्थासँग सम्बन्धित प्रशासनिक सेवाहरु भदौ १ गते देखि ५ गते सम्मका लागि स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खडकाले जानकारी दिए।
शान्तिसुरक्षा लगायतका अत्यावश्यक सेवाहरु भने सुचारु रहने कार्यालयले जनाएको छ।