बुटवल-बुटवलमा रहेको ग्लोबल आइएमइ बैंककी एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार आएको पीसीआर रिपोर्टअनुसार बुटवलमा २१ जनामा संक्रमण देखिएकोमा १ जना उनीपनि रहेको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए।
उनी बुटवल मिलनचोकमा रहेको ग्लोबल आइएमइ बैंकको ग्राहक शाखामा कार्यरत थिइन्। बुटवलमा आज थप भएकामध्ये बुटवल वडा नं १, २ र ३ का १-१ जना, ८ का २ जना, ११ का ६ जना र १३ का १० रहेको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिंहले जानकारी दिए।