बुटवल-रुपन्देहीको सैनामैना नगरपालिकामा पनि लकडाउन गरिने भएको छ। नगरपालिकाको बैठकले भदौ १ गते राती १२ बजेदेखि भदौ ७ गतेसम्म लकडाउन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए।
उनका अनुसार सैनामैनामा अत्यावश्यकबाहेकका सेवा बन्द हुनेछन्।