दाङ-दाङमा माेटरसाइकल सानाे राप्ती नदीमा खस्दा भएको दुर्घटनामा परेर दुई जनाकाे मृत्यु भएको छ।
शनिबार राती लमहीबाट गढवा जादै गरेकाे लु ५७ प ८८०० नम्बरको माेटरसाइकल लमही नगरपालिका वडा नम्बर ५, ४ र ६ काे सिमानामा पर्ने सानाे राप्ती नदीमा खस्दा दुर्घटना भएको हाे।
दुर्घटनामा परेर गढवा-७ चन्दनपुर निवासी सुरजनारायण चाैधरी र साेही ठाउँ निवासी २७ बर्षिय मनाेज चाैधरीकाे शव फेला परेकाे वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्जवल थपलियाले जानकारी दिए ।
'एक जनाकाे घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जनाकाे आज बिहान शव फेला परेकाे छ-उनले भने-एक जनाकाे शव हिजाे बेलुका भेटिएको थियो।'
बेपत्ता युवाकाे खाेजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे टाेली खटिएको थियाे।