दाङ-दाङमा सानाे नदीमा मोटरसाइकल खस्दा एक जनाकाे मृत्यु भएको छ। अर्का एक जना बेपत्ता भएका छन्।
शनिबार राति लमहीबाट गढवा जादै गरेकाे लु ५७ प ११०० नम्बरको माेटरसाइकल लमही नगरपालिका वडा नम्बर ५, ४ र ६ काे सिमानामा पर्ने सानाेनदीमा खस्दा दुर्घटना भएको हाे।
दुर्घटनामा परेर गढवा-७ चन्दनपुर निवासी सुरजनारायण चाैधरी मृत्यु भएको र साेही ठाउँ निवासी २७ बर्षिय मनाेज चाैधरी बेपत्ता भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्जवल थपलियाले जानकारी दिए।
'एक जनाकाे घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना अझै फेला परेका छैनन्-उनले भने-नदीमा खाेजी कार्य चलिरहेकाे छ।'