बुटवल-नेपालको एक निजी क्षेत्रको कम्पनीमा काम गर्नका लागि आएका ८ जना भारतीयमध्ये एकजनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सबैलाई भारत फिर्ता पठाइएको छ।
शनिबार आएको रिपोर्टअनुसार १ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
८ जनाको पीसीआर गरिएकोमा १ जनाको रिपोर्ट पोजेटिभ आएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा भारत नै फिर्ता पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए।