काठमाडौं-देशभरका विभिन्न अस्पतालबाट १२४ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १०८, प्रदेश नम्बर २ मा ३ हजार ५४५, बागमती प्रदेशमा ६४१ र गण्डकी प्रदेशमा १ हजार ५२५ जना संक्रमित डिस्चार्ज भएका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २८६, कर्णाली प्रदेशमा १ हजार ९३३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार १६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
अहिलेसम्म ८ हजार १९३ जना संक्रमित आइसोलेसनमा छन् । प्रदेश नम्बर १ मा ८५४, प्रदेश नम्बर २ मा ३ हजार ८२७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २६२ जना संक्रमित आइसोलेसनमा छन् । यस्तै प्रदेश नम्बर ५ मा ७३६, कर्णाली प्रदेशमा २२५ र सुदूरपश्चिम प्रदेशमा ८१० जना आइसोलेसनमा छन् । आज ५२३ जना संक्रमित होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार अहिले ९८ जनाको आइसियुमा र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
आज १४ हजार ४४८ जना क्वारेन्टिनमा छन् । प्रदेश नम्बर १ मा २ हजार ७१३, प्रदेश नम्बर २ मा १ हजार ७ सय, बागमती प्रदेशमा १ हजार ६४ र गण्डकी प्रदेशमा २ हजार ९८३ जना छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७३, कर्णाली प्रदेशमा ७६० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १५५ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताएका छन् ।