अर्घाखाँची-अर्घाखाँचीमा टिप्परको ठक्करबाट एकजना ३ वर्षीय बालकको मृत्यु भएको छ।
शितगंगा नगरपालिका २ राजुबास झोलुङ्गे पुल नजिकै ना ८ ख ६६९८ नम्बरको टिप्परले लु ३२ प २३९१ नम्बरको मोटरसाइकलमा आफन्तसँगै सवार रहेका सन्धिखर्क नगरपालिका ७ का ३ वर्षीय अभिषेक थापाको मृत्यु भएको हो।
बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रीले जानकारी दिए।
मोटरसाईकलमा सवार अरु ३ जना सामान्य घाईते भएका छन्।