गुल्मी–गुल्मीको मुसिकोट र इस्माका पहिरो पीडित परिवारलाई ठूलो मात्रामा खाद्यान्य सहयोग भएको छ।
गत असार १८ गतेको पहिरोका कारण मुसिकोट र इस्मामा थुप्रै घर परिवार बिस्थापित भएका छन् । पुर्व मन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टको पहलमा सिभिल बैंकले मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाका करिव तीन सय घर परिवारलाई चामल वितरण गरेको हो।
मुसिकोट नगरपालिकामा एक सय ७० बोरा र इस्मा गाउँपालिकामा एक सय २७ बोरा चामल वितरण गरिएको नेकपाका नेता गणेश श्रीपालीले जानकारी दिए ।
पहिरो पीडित परिवारलाई प्रदेश नं ५ का बिशेषाधिकार समिति सभापति कमलराज श्रेष्ट, सांसद दिनेश पन्थी, बैकका प्रदेश ५ संयोजक किरण धमला लगायतको टोलीले राहत प्रदान गरेका थिए ।
पुर्व मन्त्री बिष्टले पहिरो पीडित परिवारको दुखमा सहयोग गर्ने सिभिल बैंकलाई धन्यवाद दिदै स्थायी आवासको लागि बिशेष पहल भएको बताए।
बैकको सामाजिक उत्तरदायित्व अन्तरगत पुर्व मन्त्री बिष्टको पहलमा आफुहरुले पहिरोबाट बिस्थापित परिवारलाई सहयोग गर्न पाएकोमा धमलाले खुसी व्यक्त गरे। त्यस्तै लायन्स क्लव अफ बुटवल जितगढीले मुसिकोटका पहिरो पीडितको लागि एक सय बोरा चामल प्रदान गरेको छ।
मुसिकोट र इस्माका पहिरो पीडितलाई लायन्स क्लव अफ गुल्मी–काठमाण्डौ, लायन्स क्लव अफ गुल्मी–तम्घास र लायन्स क्लव अफ गुल्मी–रेसुंगाको टोलीले पनि पनि संयुक्त रुपमा सहयोग गरेको छ।
टोलीले स्थानीय तहको एकद्धार नीति अनुसार इस्मा गाउँपालिकामा ४० बोरा चामल, ४० कार्टुन चाउचाउ, ८० किलो दाल, सय किलो नुन र ४० लिटर तेल प्रदान गरेको क्लवका सचिव ज्ञान बहादुर महतराले जानकारी दिए।
त्यस्तै मुसिकोट नगरपालिका वढा नं २ मा पहिरोबाट बिस्थापित परिवारलाई ४० थान त्रिपाल वितरण गरिएको महतराले बताए। क्लवका डिस्टीक एडभाइजर युवराज न्यौपाने, संस्थापक अध्यक्ष बालसिंक काउछा लगायतको टोलीले सहयोग हस्तान्तरण गरेका थिए।