बुटवल । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ३ जनाको बयान आज लिइने भएको छ । जिल्ला अदालत काठमाडौंमा खाँणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान लिइने भएको हो ।
विहिबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो ।
योसँगै १८ जनामध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १५ जनाको बयान सकिएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि थालिएको हो ।
यस प्रकरणमा १२ अझै फरार रहेको प्रहरीले जनाएको छ ।