रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त सभामुख तुलाराम घर्ती र उपसभामुख मन्जु खाण केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ ।
सभामुख घर्तीलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथ ग्रहण गराउनुभएको हो भने उपसभामुख खाणलाई सभामुख घर्तीले सपथ ग्रहण गराउनुभएको हो ।
सपथग्रहणपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुख घर्तीले अघिल्लो प्रदेश सभाले बसाएको जग बलियो बनाउने गरी काम गर्ने बताउनुभयो । प्रदेश सभाका ८७ सदस्यको अभिभाकत्वको जिम्मेवारी पुरा गर्ने बताउनुभयो ।