नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिकाका आठ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको छ।
उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिकाको कार्यालय अनिश्चितकालका लागि सिल गरिएको हो।
यसअघि उपमहानगरकै एकजना वडा अध्यक्ष तथा कार्यकारी अधिकृतलाई समेत कोराना संक्रमण पुष्टि भइसकेको छ। भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।
संक्रमित हुनेमा एक जना वडा अध्यक्ष, दुई जना वडा सचिव, चार जना अधिकृत र कम्प्युटर अपरेटर रहेका छन्। कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा जारी गरेको छ।