बुटवल-रुपन्देहीमा कुलोमा बगेर एक बालकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार तिलोत्तमा नगरपालिका तिलोत्तमा नगरपालिका ५ कैलाश पथका ४ वर्षीय आर्यन परियार खेल्ने क्रममा कुलोले बगाउँदा मृत्यु भएको हो।
सई रुम बहादुर के.सीका अनुसार स्याङ्जाको चापकोट घर भई तिलोत्तमा–५ मा बस्ने किसान परियार र सीमा परियारका छोरा आर्यनलाई कुलोले बगाएको थियो। करीब ७ सय मिटर तल पुगेका उनलाई स्थानीयले देखेर उद्धार गरेका थिए। उद्धार गरेर उपचारका लागि मणिग्रामस्थित क्रिमशन अस्पतालमा लगेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।