बुटवल-देशभर सोमबारको मौसममा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
सोमबार राति पनि देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १ र बाग्मती प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था रही प्रदेश १, बाग्मती प्रदेश र प्रदेश न ५ का केही स्थानहरु र अन्य प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
मनसुनी न्युन चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको छ।