बुटवल-भारतको उत्तरप्रदेशकी शिक्षा तथा प्रविधि मन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। १८ जुलाईमा कोरोना भाइरसको संक्रमण भएकी उनको लखनउस्थित एसजीपीजीआइमा उपचार भइरहेको थियो।
उनको आइतबार बिहान मृत्यु भएको बीबीसीले पुष्टि गरेको छ। मन्त्री वरुणको निधनमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यथानले दुख व्यक्त गरेका छन्।