चीनमा सोमबार एकै दिन ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसमध्ये ६४ जना स्थानीय रुपमै संक्रमित भएका हुन् भने चारजना विदेशबाट आएका व्यक्ति हुन्।
पछिल्लो पाँच महिना यता चीनमा एकै दिन स्थानीय रुपमा संक्रमितको संख्या पहिलो पटक ठूलो संख्यामा थपिएको हो।
६४ स्थानीय संक्रमित मध्ये ५७ जना सिन्जियाङ्ग प्रान्तका रहेको चीनका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
चीनमा अहिलेसम्म कुल संक्रमितको संख्या ८६ हजार ७८३ रहेको छ । त्यसमध्ये चार हजार ६५६ जनाको ज्यान गएको चीनको भनाई छ।