दाङ–रोल्पामा एकै दिन तिनजनाको मृत्युु भएको छ । मृत्यु हुनेमा आमा छोरी सहित एक पुरुष रहेका छन । रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षिय सङिता पुन र उनकी २ वर्षिया छोरी कृतिका पुन सोहि ठाउँको हाङ्वाङ भिरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
‘बारीबाट घर तर्फ जाने क्रममा पहाडबाट खसेको ढुंगाले लागेर आमा छोरीको मृत्यु भएको पाईयो’जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी नरेशराज सुवेदीले भने–‘हामीलाई विहान मात्रै खबर भयो र घटनास्थलमा पुग्दा शव भेटियो ।’
अर्काे विहे भोज खाएर फर्किने क्रममा भिरबाट लड्दा मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षिय तिर्थलाल थापाको मृत्यु भएको छ ।