आज सेप्टेम्वर २१ । विश्वमा आज विभिन्न राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः
केन्यामा अतिवादी हमला
सन् २०१३ मा अतिबादी समूह अल–सहबाबका लडाकुले केन्याको वेस्टगेट मल नियन्त्रणमा लिएर त्यहाँका दर्जनौं मानिसलाई बन्धक बनाएको थियो । सोमालियामा केन्याको सेना परिचालन गरिएको बिरोधमा अलसहबाबले सर्वसाधरणलाई बन्धक बनाएको थियो । बन्धकलाई छुटाउने क्रममा अतिवादीको हमलामा ६३ जनाको मृत्यु भएको थियो ।
वेलायतबाट माल्टा स्वतन्त्र
सन् १९६४ माल्टा बेलायतबाट स्वतन्त्र भएको थियो । दक्षिण युरोपेली टापु माल्टा सन् १८१४ देखि वेलायतको अधिनमा थियो ।
बोइङ सीएच–४७ को पहिलो उडान
अमेरिकामा बनेको बोइङ सीएच–४७ हेलिकप्टरलाई अफगानिस्तान र इराकलगायतका देशमा भएका द्वन्द्व र आक्रमणमा अमेरिकी सेनाले प्रयोग गरेको थियो । अमेरिकाले यसलाइ बिपत्तीको समयमा चिकित्सक ओसारपसार र उद्दारमा विश्वभरमा प्रयोग गरिन्छ । बोइङ सीएच–४७ को पहिलो उडान सन् १९६१ को २१ सेप्टेम्बरमा भएको थियो ।
बी २९ सुपरफर्टिजको प्रयोग
सन् १९४२ मा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले बी–२९ सुपरफर्टिज नाम गरेका वमवर्षक विमानबाट जापानको हिरोसिमा र नागासाकी सहरमा बम प्रहार गरिएको थियो ।