पोखरा-कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन्।
पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किँदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन्।
थापाको घर पहिरोमा पर्दा थापासहित उनकी श्रीमती सोममाया, दुई नाती र छिमेकी इशीका थापाको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए।
बाँकीलाई स्थानीय र प्रहरीको संक्रियतामा अस्पताल लगिएको र मणिपाल अस्पतालमा उपचार भइरहेको हमालले जानकारी दिए।
राती जन्मदिन मनाउन अरु पाहुनासमेत आएकाले घरमा कति जना थिए भन्ने खुल्न सकेको छैन। हराइरहेको आशंकामा प्रहरीले खोजी जारी राखेको छ।
त्यसैगरी पोखरा २५ हेम्जामा रामचन्द्र अधिकारीको घर पछाडीबाट आएको पहिरोमा परी उनकी ७० वर्षीया आमा हिमकला अधिकारीको मृत्यु भएको छ।
अर्कातर्फ पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर मृत्यु भएको खबर छ।