बुटवल-अर्घाखाँची जिल्लाका दुई जनामा काेराेना संक्रमण देखिएकाे छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा दुई जनामा काेराेना देखिएकाे हाे । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा अहिलेसम्म कोरोना संक्रमण देखिएको थिएन ।
संक्रमित दुईजना नै भारतबाट आएका थिए । पाणिनी गाउँपालिकाको पालीमा रहेको क्वारेन्टाईनमा रहेका दुईमा कोरोना पुष्टि भएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।
उनीहरू पालीको कमला माविमा रहेको क्वारेन्टाईनका बसेका थिए । प्रदेश ५ का तराईका सबै ६ वटा जिल्लामा संक्रमण देखिएपनि पहाडी जिल्लामा संक्रमण देखिएको थिएन ।
गुल्मीमा पनि यसअघि नै संक्रमण देखिएको थियो । गुल्मीका १ जना संक्रमितको उपचारका क्रममा रूपन्देहीमा मृत्यु भएको थियो । जनस्वास्थ्य प्रयोगशालाका अनुसार गुल्मीमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।