काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेबारी आफूसँगै रहने गरी प्रधानमन्त्री देउवाले श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
श्रेष्ठ कांग्रेसका समानुपातिक सांसद हुन्। कोरोना महामारीका बेला स्वास्थ्यमन्त्री नियुक्त नगरेको भन्दै प्रधानमन्त्री देउवालाई चौतर्फी दबाब थियो। श्रेष्ठको नियुक्तिसँगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् ६ सदस्सीय बनेको छ ।