काठमाडौँ - साउन १२ गते हुने भनिएको नेपाली कांग्रेसको वडा तहको अधिवेशन स्थगित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठमा शनिवार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले वडा तहको अधिवेसन स्थगित गर्ने निर्णय गरेहो हो।
समय अभाव र कोभिड संक्रमणका कारण पूर्वनिर्धारित वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । क्रियाशील सदस्यताको छानविन समितीको प्रतिवेदन साउन १२ मा पेश हुने र त्यसपछि मात्र अधिवेशनको टुंगो लाग्ने उनले बताए । वडा अवधिवेसन स्थगित भएपछि अरु अधिवेसनको तालिका पनि हेरफेर हुन सक्ने सम्भावना छ । तर त्यस बारेमा आजको बैठकमा कुनै निर्णय भएको छैन ।
१६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको थियो । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका थियो ।
भदौ १६ गतेदेखि हुने महाधिवेसनलाई प्रभावित नपार्ने गरी नयाँ मिति तोकिने कांग्रेस प्रवक्ता शर्माले बताए।