काठमाडौ-उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आगामी जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक र बाह्य दुवैतर्फका उडान रोक्ने निर्णय गरेको हो। त्यस्तै समितिले लकडाउनको समय थप्नेबारे कुनै निर्णय गरेन। बैठकले मोडालिटी तयार गर्ने जिम्मा मुख्य सचिवको नेतृत्वमा रहेको टाक्र्सफोर्स दिएको छ।
सरकारले दोस्रोपटक थप गरेको लकडाउनको अवधि भोलि (आइतबार)बाट सकिँदैछ।