काठमाडौँ - शेरवहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरु टुंगो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउसो २ बजे बस्ने बैठकमा सरकारमा कसलाई सहभागी गराउने भन्ने टुंगो लाग्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।
यस अघि माओवादी केन्द्रले पम्फा भुसाल र जनार्दन शर्मालाई सरकारमा पठाइसकेको छ । मन्त्रिपरिषद् विस्तार र नयाँ मन्त्रीको नामावलीको बारेमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि छलफल भएको थियो ।