काठमाडौँ - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका छन् । आफ्नो निवास कोटेश्वर आएका प्रचण्ड र यादवसँग नेपालले कुराकानी गरेका हुन ।
करिब एक घन्टा भएको भेटबार्तामा समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले माओवादीबाट दुई र कांग्रेसबाट दुई जना मन्त्री छन् । थप मन्त्रीको नाम टुंग्याउने गरी दलहरुबीचमा आन्तरिक छलफल जारी छ ।