काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। दुई देशका सरकार प्रमुखबीच सोमबार दिउसो कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । देउवा र मोदी दुबैजनाले आ आफ्नो ट्वीटर मार्फत टेलिफोन कुराकानी गरेको पुष्टी गरेका छन्।
कुराकानीका क्रममा मोदिले देउवालाई कोभिड १९ विरुद्धको खोप दिने बताएका थिए। आइतबार विश्वासको मत पाएसँगै मोदीले प्रधानमन्त्री देउवालाई फोन गरी बधाई तथा शुभकामना दिएका थिए। त्यस्तै ट्विटरमार्फत् पनि बधाई दिएका थिए।