काठमाडाैँ- नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने सांसदलाई स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका थिए।
आइतबार प्रतिनिधिसभामा एमालेका माधवकुमार नेपालसहितका २२ जना सांसदले देउवालाई विश्वासको मत दिएका थिए। देउवालाई विश्वासको मत दिने नेपाल सहित, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ ‘किसान’ रहेका छन्।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका थिए।