बुटवल- एमाले स्थायी कमिटि सदस्य तथा लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमती जनाएको बताएका छन् । उनले प्रतिवेदनमा असहमती जनाएसँगै पार्टी एकताको लागि गरेको मेहनत खेर गएको उल्लेख गरे ।
पोखरेलले सामाजिक सञ्जालमा भनेका छन् - 'माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसंगै तीन महिनाको मेहनत खेर गयो ।'
एमालेको कार्यदलमा रहेका सदस्यहरूले आइतबार बिहान माधवकुमार नेपालसँग कोटेश्वरस्थित निवासमा भेट गरेका थिए। उक्त भेटमा शंकर पोखरेल पनि सहभागी थिए। प्रधानमन्त्री शेरवहादुर देउवाले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । माधव नेपाल देउवालाई विश्वासको मत दिने पक्षमा छन्।