काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा आजै विश्वासको मत लिने भएका छन्। पुनस्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठकको पहिलो दिन नै देउवाले विश्वासको मत लिन लागेका हुन्। देउवाले विश्वासको मत लिनेबारेको प्रस्ताव संसद सचिवालयमा दर्ता भइसकेको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिए।
सर्वोच्च अदालतको परामदेशपछि कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए। संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ। आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् ।