काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) को आधिकारिताबारे विवादको टुंगो लगाउन निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्दै छ। असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा गठित पाँच सदस्यीय इजलास गठन गरिएको थियो। इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ।
पक्ष विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन्।
ठाकुर पक्ष यस अघि केपी ओली सरकारलाई साथ दिएको थियो । यादव पक्ष ओलि सरकारको विरोधमा थियो । यादव समूहकै समर्थनमा शेरवहादुर देउवा प्रधानमन्त्री भएका छन्। सो समूहले देउवा सरकारमा समेत सहभागी हुने निर्णय गरेको छ ।