काठमाडौँ - सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ। अपरान्ह ४ बजे आठौं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनस्र्थापना गरेको थियो । पुनस्र्थापनाको फैसलासँगै कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।
संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आज अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।
आजै प्रधानमन्त्री शेरवहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसबारेमा आजै बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा निर्णय हुने बताइएको छ ।