काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा आजै विश्वासको मत लिने भएका छन्। पुन:स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठकको पहिलो दिन नै देउवाले विश्वासको मत लिन लागेका हुन्। कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसबारेमा अहिले कार्यव्यवस्था परामर्श समितिको बैठकमा निर्णय हुने जानकारी दिए ।
सर्वोच्च अदालतको परामदेशपछि कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए। संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।