काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
थापाका अनुसार सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारण गर्ने छ । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।