काठमाडौँ - नेपाली कांग्रेसका कोइराला परिवारका तीन नेताहरु फेरी एकै ठाउँमा जम्मा भएका छन् । पार्टीको महाधिवेशन नजिकिइरहेको बेला शशांक कोइरालाको निवास महाराजगञ्जमा उनीसहित केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेतृ सुजाता कोइरालाबीच भेटवार्ता भएको छ । भेटमा आउँदै गरेको महाधिवेसनमा केन्द्रीत कुराकानी भएको बताइएको छ।
सो अवसरमा संस्थापन इतर समूहबाट महाधिवेशनमा एकै जना उम्मेदवार बनाउने विषयमा छलफल भएको शेखर कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए। कोइराला परिवारबाट शशांक र शेखर दुबैले सभापतिमा उमेद्वारी दिन खोजेका छन्। सुजता कोइरालाले पनि बेला बेलामा आफू उमेद्वार भएको बताउने गरेकी छन्। बैठकमा क्रियाशील सदस्यताबारे पनि छलफल भएको थियो।